काठमाडौं: प्रहरीले काठमाडौंको न्यूरोडबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी, भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया रहेका छन् । त्यस्तै, भारत दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र भारतको राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन् ।


उनीहरुको साथबाट ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँ चेक रकम , मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।