नेपालगञ्जः बाँकेमा सञ्चालित अनलाइन मिडियालाई व्यवस्थित गर्नुका साथै अनलाइन मिडियाको समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।

सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधि लगायतको बृहत भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

भेलाले जावेद अन्सारीलाई सह–संयोजक, रामु ओलीलाई सचिव, संगीता पाठक (सन्ध्या) लाई सह–सचिव र असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ । कार्य समिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरी, भीष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।

गठित तदर्थ समितिको पहिलो बैठक पनि सोमबार नै बसेको छ ।


। उक्त बैठकले हरेक महिनाको १५ गते मासिक नियमित बैठक बस्ने, संघ आधिकारिक दर्ताका लागि आबश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाइन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सल्लाहकार समितिमा रूद्र सुवेदी, प्रेम के.सी., शंकर खनाल, विश्वराज चौधरी, डक्ट धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउनु निर्णय गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्ने छ ।

संघले स्थानीय तह लगायत सम्बन्धीत निकायसँगको समन्वयमा अनलाइन पत्रकारिताको विकास र पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारको हकहित र अधिकारका बिषयमा विविध कार्यक्रम तथा गतिविधी सञ्चालन गर्ने भएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ०६:४१