काठमाडौंः गाडी तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका नेपाल विद्यार्थी संघका नेता प्रकाश चौधरीलाई तुरुन्त रिहा गर्न माग गरिएको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले आज विज्ञप्ती जारी गर्दै आन्दोलनका क्रममा पक्राउ परेका उनलाई रिहा गर्न माग गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले कम्पुनिष्ट सरकारले ३ महिनाम ५ पटक सम्म पेट्रोलियम पदार्थको मुल्य वृद्धिका विरुद्ध सुरु गरेको चौथो चरणको आन्दोलन अनुरुप आज दाङ जिल्ला समितिले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेपमा नेविसंघका नेता प्रकाश चौधरीलाई गिरफ्तार गरेको प्रति खेद प्रकट गर्दछ ।


। यसरी फरक मत राख्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउँदै सरकारले विद्यार्थीलाई गिरफ्तार गर्नु निन्दनीय छ ।

आम सरोकारको विषयमा भएका शान्तिपूर्ण आन्दोलनमा यस्ताखाले गतिविधि हुनु कायरताको पराकाष्टा हो । गिरफ्तार विद्यार्थी नेताको सम्मानपूर्वक तत्काल रिकाइको जोडदार माग गर्दछौं ।

मूल्यवृद्धिको विरुद्धमा सडकमा उत्रिएको नेविसंघले दाङको तुलसीपुरमा २ ओटा जिप र एउटा सरकारी साधनहरुमाथी तोडफोड गरेका थिए । र सोहि तोडफोडको विषयलाई लिएर प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।