काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट ८ जना महिला र  १०६ जना पुरुष गरी ११४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

 


प्रकाशित मितिः १० असार २०७७, बुधबार, १६:४६