काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ३ हजार १३ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो पटक विभिन्न अस्पतालबाट १३ महिला र १६६ जना गरी १७९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा २५५ महिला र २ हजार ७५८ जना पुरुष गरी कूल ३ हजार १३ जना रहेका छन् ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १६:२५