काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ हजार १४२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट ३२ जना महिला र ३४८ जना पुरुष गरी ३७० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा १६१ महिला र १ हजार ९६१ जना पुरुष गरी कूल २ हजार १४२ जना रहेका छन् ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १७:२८