काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै १९ हजार ५०४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो पटक विभिन्न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ १०, २०७७, १६:३२