काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ३ हजार १९४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो पटक विभिन्न अस्पतालबाट ९ महिला र ५१ जना गरी ६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा २७७ महिला र २ हजार ९१७ जना पुरुष गरी कूल ३ हजार १९४ जना रहेका छन् ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १६:३७