काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

आज विभिन्न अस्पतालबाट ८ जना महिला र ६८ जना पुरुष गरी ८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेमा १८९ महिला र २ हजार ३५ जना पुरुष गरी कूल २ हजार २२४ जना रहेका छन् ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १६:३५