काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले सानदार जित निकालेको छ ।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा पञ्जावले कोलकत्ता नाइट राइडर्समाथि ८ विकेटको सानदार जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

पञ्जावको जितमा क्रिस गेलले ५१, मन्दिप सिंहले अविजित ६६ र कप्तान केएल राहुलले २८ रन बनाए ।

कोलकत्ताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।


कोलकत्ताका लागि शुबमन गिलले ५७, कप्तान इयान मोर्गनले ४० र लक्की फर्गुसनले अविजित २४ रन बनाए ।

पञ्जावका मोहमद शामीले ३, रबि बिश्नोई र क्रिस जोर्डनले २/२ तथा ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस जितसँगै पञ्जावले कोलकत्ताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकत्ताले पञ्जावलाई २ रनले हराएको थियो ।

जितसँगै पञ्जाव तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । पञ्जावले १२ खेलमा १२ अंक जोडेको छ ।

कोलकत्ता भने पाँचौं स्थानमा झरेको छ । कोलकत्ताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, ०५:३८