कैलाली: कैलालीको लम्किमा कार्यरत पत्रकारहरुलाई सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिने नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध युवा संघका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आइतवार युवा संघका नेता प्रकाश बिष्टलाई पक्राउ गरेको हो ।

पत्रकारले लेखेको समाचारमा चित्त नबुझको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारको ज्यान लिने धम्की दिएका थिए । उनले फेसबुकमा पत्रकारहरुलाई ज्यानमार्ने आशयका धम्कीपूर्ण स्टाटस लेखेर विभिन्न व्यक्तिहरुलाई ट्याग गरेका थिए ।

बिष्ट युवा संघको सदस्य रहेको र विगतमा पनि फेसकुबमा विभिन्न व्यक्तिहरुको मानमर्दन हुने गरी अभिव्यक्ति पोष्ट गर्दै आएका थिए ।


लम्की चुहा नगरपालिकाले सबै वडा अध्यक्ष र कर्मचारीलाई मोटरसाइल बितरण गरेको, बाटो बिस्तारका नाममा गरिबका झुपडी भत्काएको तर धनी मानिसहरुका पक्की घर जोगाएको बिषयमा स्थानिय पत्रपत्रिकामा केही दिन देखि समाचार प्रकाशित भइरहेका थिए ।

नगरप्रमुख महादेव बजगाईलाई असहयोग हुने गरी समाचार किन लेखेको भन्दै युवा संघका सदस्य बिष्टले लम्कीका पत्रकारहरुलाई धम्की दिदै आएका थिए ।