सुर्खेतः दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।

उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालत दैलेखको २०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ ।

१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार थिए ।

उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको कार्यालयले जनाएको छ ।


। केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भई फरार थिए ।


प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, ११:५१