काठमाडौंः नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टको हस्ताक्षमा बुधबार जारी विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघले पत्रकार बानियाँको दुःखद निधनले महासंघ स्तब्ध भएको जनाएको छ । महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको दुःखद निधनले पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ ।


पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव आज मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको थियो ।


प्रकाशित मितिः बुधबार, साउन २८, २०७७, १८:१०