नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनले यतिबेला देशभरका पत्रकारहरुको ध्यान राजधानीमा खिचेको छ । आफ्नो अभिभावक संगठनको यो महाउत्सवमा सहभागी हुनका लागि देशभरिका पत्रकारहरु पनि राजधानीमा भेला हुने क्रम जारी छ । यस महाधिवेशनले संगठनको नयाँ नेतृत्वको चयन गर्नेछ । देशमा प्रकृतीले वितण्डा मच्चाईरहेकोवेला नेपालका पत्रकारहरु सकसपूर्ण यात्रा गर्दै भएपनि बडो महत्वका साथ महासंघको महाधिवेशनमा सहभागी हुन आएका छन् ।

अधिवेशनमा नेतृत्व चयन मात्र हुँदैन, विगतको समीक्षा गर्दै भावी कार्ययोजना समेत तय गरिने हुँदा संस्थालाई जीवन्त राख्न अधिवेशन आवश्यक हुन्छ ।


। महासंघको अधिवेशनमा स्वतन्त्र प्रेसको महत्व, भूमिका र व्यवधान तथा तिनका सम्भावित समाधानबारेमा बहस एवं चर्चाहरु हुनु स्वाभाविक हो । प्रेस स्वतन्त्रतामाथिका चुनौतिहरुको पहिचान गरी तिनको निराकरणको मार्ग पहिल्याउने प्रयोजनका लागि प्रतिवद्धता व्यक्त गर्ने सन्दर्भमा आजको दिन महत्वपूर्ण भएकोले पनि प्रेस जगतसँग सम्बद्ध संस्थाहरु, नेपाल पत्रकार महासंघ र यसमा आवद्ध पत्रकारहरु, ले अधिवेशनलाई उत्सवका रुपमा मनाउँदै छन् ।

अझ नागरिकको सुसुचित हने अधिकार तथा पारदर्शिता, जवाफदेहीता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभुत मान्यतासँग जोडिएको पत्रकारिता क्षेत्रले महोत्सव मनाइहदा समाजको अन्यक्षेत्रका साथै आम नागरीकले समेत अपेक्षापुर्ण ढंगले यो अधिवेसनमा गहिरो रुचि राख्नु अस्वाभाविक होइन । यस महाधिवेशनमा देशभरका पचहत्तरै जिल्ला शाखा र विदेशस्थित शाखाबाट गरी करिव एक हजार पाँच सय प्रतिनिधि सहभागी हुदैछन् ।

देश विदेशवाट प्रतिनिधित्व भएको यस महँधिवेसन नेतृत्व चयनमा मात्र अल्झिनु हुदैन । यस महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका अतिरिक्त अन्य मुद्दा पनि महत्वपूर्ण छन् र ती सबै विषयमा छलफल हुने अपेक्षा गरिनुपर्छ । आजका विश्वमा जनताको सवैभन्दा वढी आशा र भरोसाको केन्द पत्रकारिता रहेको कुरामा शंका छैन । स्वाभाविकरुपमा नेपाल पनि यसको अपवाद हुन सक्दैन । यो पेशालाई जति वढी विस्वासिलो बनाउन सकिन्छ त्यति नै यो पेशाप्रति जनताको सम्मान कायम रहन्छ ।

तसर्थ पत्रकारिताप्रतिको नागरिक सम्मान, भरोसा र विस्वास कायम गर्न पत्रकारितालाई मर्यादित कसरी बनाउन,े कसरी यसको विस्वसनियता कायम राख्ने र जनताको भरोसालाई मूर्तरुप दिने अहिलेको सवैभन्दा ठुलो चुनौती हो । पत्रकारिताभित्र देखिने विकृति विसंगतीहरुको समयमै निराकरण गरिएन भने निश्चय पनि यसले विस्वसनियता गुमाउँछ । तसर्थ देशभरका पत्रकारहरु जुटेको यो अधिवेशनमा पत्रकारितामा शुद्धिकरणको मुद्दामा बहस हुन आवश्यक छ । पेशालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा ठोस वहस गर्दै सार्थक निश्कर्ष यो अधिवेशनले निकाल्न सक्नुपर्छ ।

प्रेसका विधागत र व्यावसायिक मुद्दाका साथै श्रमजीवी पत्रकारका मुद्दा मुख्य यपटकको अधिवेशनका मुख्य मुद्दा हुन् । आज आम पत्रकारहरुको कार्यक्षमता र श्रमको उचित मुल्याङ्कन हुन सकेको छैन । अधिकांस पत्रकारहरुले श्रमको वास्तविक मुल्य नपाउँदा यो पेशामा सन्तुष्ट हुन सक्ने अवस्थाको निमाण गर्न सकिएको छैन । र श्रमको अनुपातमा सम्मानित पारिश्रमिक नपाउनाले पूर्णरुपमा व्यावसायिक हुन पनि सकिरहेका छैनौं ।

सन्तुष्ट पत्रकारले मात्र व्यवसायिक पत्रकारितालाई अगाडी बढाउन सक्छ भन्ने मान्यताका साथ हरेक पत्रकारलाई श्रमअनसारको सम्मान र पारिश्रमिक उपलव्ध गराउन आवश्यक छ । आज पत्रकारहरु त्रासमा बाँचिहरहेका छन् । उनीहरुको पेशाको ग्यारेन्टी छैन । जतिसुकै समर्पित भएर पत्रकारितमा लागे पनि कतिवेला व्यवस्थापन पक्षले विदा गर्ने हो त्यसको केही ठेगान छैन । त्रासमा बसेर पत्रकारिता सम्भव छैन । तसर्थ एउटा पत्रकारलाई निर्धक्कका साथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन आवश्यक छ । र, आम पत्रकारको यही भावनालाई आत्मसात गर्नसक्ने नेतृत्वको चयन पनि यो अधिवेशनको प्रमुख उद्देश्य हुनुपर्छ ।

विगतको समीक्षा गर्ने हो भने हामीले श्रमजिवी पत्रकार ऐन कार्यन्वयनको कुरा जति जोडतोडले उठाए पनि यसलाई पुर्णरुमा कार्यन्वयन गर्न सकेका छैनौ । किन कार्यन्वय हुन सकेको छैन यो ऐन त्यसको वारेमा यो अधिवेशनले एउटा निचोड निकाल्नै पर्छ । ऐनका प्रावधानहरु असान्दर्भिक हुन भने त्यसमा वहस केन्दित गरौ अन्यथा यो महाधिवेशनमा ऐन कार्यन्वयनको लाग ठोस कार्ययोजना निर्माण गर्दै दृढ इच्छाशक्ति प्रकट गर्नु पर्दछ ।

(विपुल पोख्रेल २५ महाधिवेशन लोकतान्त्रिक प्रगतिशिल प्यानलबाट खुला उपाध्यक्ष पदका उम्मेदवार हुन् ।)