भक्तपुरः नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई यूकेबाट एनआरएन अभियन्ता विनय अधिकारीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कोभिड–१९ बाट बच्न सहयोग पुगोस भन्ने उद्देश्यले यूकेबाट अधिकारीको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

अधिकारीले नेपाल पत्रकार महासंघ भक्तपुरलाई १ सय पिस सेनिटाइजर र २ सय पिस माक्स सहयोग उपलब्ध गराएका थिए ।

यूकेबाट उपलब्ध सो सहयोग आज नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीलाई पत्रकार महासंघ उपत्यका प्रदेश शाखाका सचिव अमर भुजु मार्फत हस्तान्तरण गरिएको हो ।

अध्यक्ष बुढाथोकीले यूकेबाट भक्तपुरलाई विशेष चासो र माया गरेर सहयोग गरेकोमा अधिकारीलाई धन्यवाद ज्ञापन गरे ।



प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १२:०२