काठमाडौ‌ं : परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएको जनाइएको छ । परीक्षा नियन्त्रक मन्त्रालय तानिएका मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिएका छन ।

उनका अनुसार तत्कालका लागि परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई दिइएको छ ।


एसईई नतिजा प्रकाशन गर्दा ९ हजार ६४ जना विद्यार्थीको रिजल्टमा त्रुटी भएको भेटिएको थियो । त्रुटी सार्वजनिक भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख डा। तुलसी थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानविन गठन गरेको थियो ।

छानविन समितिले आईतबार प्रतिवेदन बुझाए लगत्तै रेग्मी मन्त्रालय तानिएको कान्तिपुर दैनिकमा समाचार छ।