काठमाडौंः भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक युवकले मोबाइल गेम पब्जी खेल्न नदिएको भन्दै आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका छन् ।

रघुबीर कुम्भर नाम गरेका ती २१ वर्षीय युवकले पब्जी खेल्न नदिएको भन्दै आफ्नै बाबुको हत्या गरेका हुन् ।

रघुबीरलाई पब्जी खेल्ने लत लागेपछि पढाईमा असर परेको भन्दै बाबुले छोरालाई सम्झाएका थिए । तर, छोराले उल्टै बाबुसँग सो दिन झगडा गरेका थिए । त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरे लगत्तै उनले आफ्नो बाबुमाथि प्रहार गरी हत्या गरेका थिए ।

सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्केर छिमेकीलाई बोलाएकी थिइन ।


। तत्कालै छिमेकीले प्रहरीलाई खबर गरेपछि रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ०९:२२