काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अन्तर्राष्ट्रिय भ्रमण गरी स्वदेश फिर्ता भएका छन् ।

मन्त्री ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा भाग लिई बुधबार राति फिर्ता भएका हुन् ।

महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरू र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।


मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरे ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, १०:०४