काठमाडौंः चितवनका गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । पाण्डेको स्वरमा ‘माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

आइतबार सार्वजनिक भएको गीतमा गायक पाण्डेकै शब्द तथा संगीत रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ ।

गीतको भिडियो चितवनकै मनोरम पर्यटकिय स्थलहरुमा छांयाकन गरिएको छ । चितवनको जलबिरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमन लगायतका स्थानहरुमा गीतको छांयाकन गरिएको हो ।

भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र दीपा शर्मा फिचर्ड छन् । यस्तै, गायक पाण्डेसहित अन्य स्थानीय कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ ।


भिडियोलाई सुरेश चौधरीले निर्देशन गरेका हुन् । यस्तै गीतमा नृत्य निर्देशन पनि चौधरीकै छ । प्रवेश पण्डित, प्रितम कार्की, बिजय नेपाली र अर्जुन चापागाईले खिचेको भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १९:२७