काठमाडौँः नेकपा एमाले का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारको नीति तथा कार्यक्रका साथै आगामी बजेटको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा वाम गठबन्धनले जनतासँग गरेको प्रतिबद्धताअनुसार, नीति तथा कार्यक्रम र त्यसमा आधारित रहेर बजेट आउनुपर्ने विषयमा छलफल भएको छ ।

आउँदो जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा सम्बोधनमार्पmत सार्वजनिक गर्नुहुनेछ ।

पार्टी एकीकरणको तयारीमा रहेका एमाले र माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा गठबन्धन बनाएर चुनाव लडेका थिए ।


। चुनावमा वाम गठबन्धनबाट एउटै चुनावी प्रतिबद्धतापत्र पनि जारी गरिएको थियो ।

सोही प्रतिबद्धताअनुसार जनताले परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम आउनुपर्ने दुवै नेताको जोड रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी गराएको छ ।

नेताद्वयबीच दुई जनाको बीचमा पार्टी एकीकरणको विषयमा पनि छलफल भएको छ । बराबरीको हैसियतमा पार्टी एकीकरण गर्ने माओवादी केन्द्रका अडानका कारण एकता घोषणामा ढिलाइ भइरहेको बेला छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीको अभिव्यक्तिले एकता प्रक्रियामा असहज उत्पन्न भएको कुरा राखेका थिए । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।