परिवर्तित खेलाडीहरुले कमाल गरेपछि फिफा वरियतामा आफूभन्दा तीनस्थान माथि रहेको साउदी अरेबियाविरुद्ध ५-० को जित निकाल्दै रसियाले विश्वकपमा सानदार सुरुवात गरेको छ।

रसियाका लागि परिवर्तित खेलाडीहरु डेनिस च्यारिसेभले २ तथा आर्टिम मार्टिनले १ गोल गरेभने युरी गोजिन्सी र एलाक्सडर गोलोभिनले थप गोल गरे।

रसियाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। रसियाका लागि युरी गोजिन्सी र डेनिस च्यारिसेभले दुर्इ गोल गरेका हुन्। खेलको १२अौं मिनेटमा युरीले हेडर मार्फत गोल गर्दै आयोजकलार्इ सुरुवाती अग्रता दिलाएका थिए।

एलेक्सडर गोलोभिनले बायाँबाट दिएको क्रसमा माथि उठेर हेडिङ मार्फत उनले गोल गरेका थिए।


। यो उनको पहिलो अन्तराष्ट्रिय गोलपनि हो। जर्मनीका फिलिप लेहमपछि २००६ यता विश्वकपको पहिलो सटमै गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन्।

पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा डेनिसले दोस्रो गोल थपेका थिए। रोमन जोवनिनले दिएको पासलार्इ डेनिसले डी बक्सभित्रबाट साउदीका डिफेन्डरलार्इ छलाउँदै गोल गरेका थिए। उनको पनि यो पहिलो अन्तराष्ट्रिय गोल हो।

अलान डेजागेभले ह्यार्मस्ट्रङ इञ्जुरीका कारण मैदान छाडेपछि उनको स्थानमा २४ औं मिनेटमा उनी मैदान प्रवेश गरेका थिए।

रसियाका अर्टिम ड्यजयुबाले मैदान प्रवेश गरेको ६० सेकेन्ड वित्न नपाउँदै गोल गरेका थिए। ७०अौं मिनेटमा आर्टिम फ्याडोर स्मोलोभको स्थानमा मैदान प्रवेश गरेका थिए। ६ फिट ५ इन्च अग्ला उनले लगत्तै अलेक्सान्डर गोलोभिनको क्रसमा हेडिङ मार्फत गोल गरेका हुन्। उ

यस्तै खेलको ९० मिनेटमा च्यारिसेभले दोस्रो गोल गरे। उनले डी बक्सको कर्नरबाट उत्कृष्ट गोल गरेका थिए। यो उनको अन्तराष्ट्रिय करिअरको दोस्रो गोल थियो भने उनी खेलको म्यान अफ द म्याच पनि चुनिए।

पाँचौं गोल मिडफिल्डर अलेक्सोन्डर गोलोभिनले गरे। उनले थपिएको समयमा पाएको क्रिकलार्इ २५ यार्ड टाढाबाट प्रहार गर्दै गोलमा परिणत गरेका थिए।