काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् ।

आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी नेतृत्वको टोलीसँग भएको भेटपछि उनले विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको बताए ।

सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको उनले बताए । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि उनले दिए ।


राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, २०:४१