कुश्माः पर्वत जिल्लाको फलेवास नगरपालिकामा रहेको स्काभेटरमा आगजनी भएको छ ।
जैमिनीघाट–पोखरा सिधा सडक स्तरोन्नतिका लागि प्रयोग भएको स्काभेटरमा फलेवास नगरपालिका–५ झकलकमा गएराति जलाइएको हो ।
आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षति भएको जनाइएको छ । शोरुमबाट भर्खरै मात्र निकालिएको उक्त स्काभेटर अनटेस्टमै चलिरहेको थियो ।
स्काभेटरमा कसले आगो लगाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook