पर्वतः कुश्मा नगरपालिका–७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७, २०:४७