पर्वतः पर्वतमा बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाल रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत तुल्सीपुर वुटवलको २०७६ बैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३ सय ९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका–१३ स्थित औद्योगीक क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत पर्वत बुझाइएको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १४:५६