कुश्माः पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । यस्तै पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

शनिबार राति गएको पहिरोमा पुरिएका ३ जनाको शनिबार राति र थप ३ जनाको आज बिहान शव भेटिएको हो ।

मृत्यु हुनेहरुमा तुलबहादुर थापा, विविसा थापा, डिलकुमारी थापा, डिर्पा थापा, कमला विक र प्रमिशा विक रहेका छन् ।

त्यस्तै बेपत्ता हुनेहरुमा विवेक थापा, संम्राट थापा र डेनिस विक रहेका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको वन क्षेत्रबाट पहिरो आएको थियो ।


। राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो ।

घरहरु पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरुलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, १०:१७