पर्साः बहुदरमाई नगरपालिका–१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् ।

उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १९:२८