पर्साः वीरगञ्ज महानगरपालिका–२७ मा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक पर्साकै बहुदरमाई नगरपालिका–३ का उमेश प्रसाद यादवका १२ वर्षीय छोरा विवेक कुमार रहेका छन् ।

आज दिउँसो ३ बजे लु ३ त ६४६ नम्बरको ट्याक्टर नहरको पुलबाट पल्टिँदा इन्जीनको भागमा च्यापिएर बालकको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १९:५२