पर्साः ठोरी गाउँपालिका–१ नयाँगाउँ चौतारामा बिहीबार बसले किचेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २१ वर्षीय अमन प्रजा रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठोरी बजारबाट चितवनको टाँडीतर्फ आउदै गरेको ना ५ ख १२१२ नम्बरको बसको ढोकाबाट खसेका प्रजालाई सोही बसको चक्काले किच्द ाघटनास्थलमै मृत्यु भएको हो ।

बस चालकलाई इलाका प्रहरी कार्यालय ठोरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, ११:३६