पर्साः वीरगञ्ज महानगरपालिका–१६ ईनर्वाबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय शेख अफरोज रहेका प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई कोरेक्स १२ पिस, नाईट्रोभेट ट्याबलेट १५ पिस र सिमप्लेक्स ट्याबलेट २० पिस सहित शनिबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, १४:२२