काठमाडौंः पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज पनि आंशिक बदलीको अवस्था रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ ।

अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ

आगामी २४ घण्टाको मौसमी अनुमान अनुसार तराई तथा पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मितिः ९ पुस २०७७, बिहीबार, ०७:४४