पाल्पाः पुर्वखोला गाउँपालिका–१ तालपोखरास्थित तालपोखरादेखि अर्चले जाने कच्ची बाटो फराकिलो बनाउने क्रममा माथिबाट आएको सुख्खा पहिरोमा पुरिएका स्काभेटर चालकको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार दिउँसो सडक खन्ने क्रममा माथिबाट आएको सुख्खा पहिरोमा पुरिएका बा २ क ७७७१ नम्बरको स्काइभेटर चालक चितवन खैरहनी नगरपालिका–३ बस्ने २३ वर्षीय हेम बहादुर कार्कीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अमृत कन्ट्रक्सन तानसेन पाल्पाको उक्त स्काइभेटर चालक सहित पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जग्वादीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा चालकको सकुशल उद्धार गरेको हो ।


पहिरोमा पुरिएको स्काइभेटर निकाल्ने कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १८:३८