सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ ।

गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको हो ।

डोजर चालक ओखलढुङ्गाका कमल भुजेल खाजा खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आउँदा डोजरसहित पुरिएको बताइएको छ ।

गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिएको बा२क ८०१७ नंको बोबेल कम्पन्नीको डोजर रहेको प्रहरीले जनाएको छ ।


। घटनास्थलमा अर्को डोजरको प्रयोग गरी उद्धार गरिएको छ ।