चितवनः मुग्लिङ–नारायणगढ सडक पुनः अवरुद्ध भएको छ। चारकिलो र पाँचकिलोको बिचमा बुधबार बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

बिहान ५ः३० बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण नारायणगढतर्फ आउने र काठमाडौं जाने सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन्। अहिलेसम्म पहिरो पन्छाउन सुरु भएको छैन।

पानी परिरहेकाले पन्छाउन समस्या भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। भुईँ कालोपत्रे भए पनि समय–समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण छ।