काठमाडौं:  नारायणगढ-मुग्लिन सडक खण्डमा बिहिबार बिहान पहिरो खस्दा सडक अबरुद्ध बनेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहान करिब साढे ५ बजेको समयमा पहिरो खसेको हो ।

पहिरोले कुनैपनि क्षती पुर्याएको नभेटिएको र पहिरो हटाउने काम भैइरहेकाले अबको केहि घण्टा पछी सडक सुचारु हुने जानकारी प्रशासनले दिएको छ ।