सिन्धुपाल्चोकः अबिरल वर्षाका कारण पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनिमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साईडमा भिषण पहिरो जाँदा आयोजनाको उत्पादन ठप्प भएको छ ।

पहिरोले सुरुङमार्गको मुख्य गेट, फ्लसिङ सिस्टम तथा पोखरीलाई पूर्ण रुपमा क्षति पुर्‍याएको आयोजनाका कर्मचारी युवराज गिरीले जानकारी दिए ।

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण तथा विस्तारका कारण उक्त क्षेत्र यसअघि देखिनै पहिरोको उच्च जोखिममा परेको थियो । पहिरोले तिपेनिबजार तथा पहिरो माथिको बस्ति समेत जोखिममा परेको छ । पहिरोले बैकल्पित बाटो समेत नहुँदा मानिसहरु बीच बाटोम‌ै अलपत्र परेका छन् ।


। पहिरोका कारण अलपत्र परेका मानिसको उद्वार र अबरुद्ध बाटो खुलाउन तत्काल पहल गर्ने पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

  • अर्जुन शर्मा

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७, ११:२६