काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले विज्ञप्ति निकालेर सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न देउवाले सरकारलाई आग्रह गरेका छन् ।


शनिबार राति सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ का तीन स्थान नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा ९ जनाको मृत्यु र २४ जना बेपत्ता छन् ।


प्रकाशित मितिः आइतबार, भदौ २८, २०७७, १५:३६