काठमाडौंः विश्वकप फुटबल २०२२ छनोटको पहिलो खेलमा नेपालले खाडीको यात्रा गर्दै कुवेतविरुद्ध ७–० को लज्जास्पद हार बेहोरेको थियो ।

त्यसको पाँच दिनभित्रै मंगलबार नेपालले चाइनिज ताइपेईलाई उसैको भूमिमा २–० ले हरायो । नेपालको पहिलो ‘अवे’ जित यही हो । यसअघि नेपाली टिमले तटस्थ मैदानमा मात्रै सफलता पाएको थियो ।

फिफा वरीयतामा ४१ स्थान माथिको टिमविरुद्ध ताइपेई रंगशालामा दुवै गोल अञ्जन विष्टले गरे । उनले सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा हेडद्वारा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल उत्कृष्ट रह्यो ।

डिफेन्डर दिनेश राजवंशीले विशाल राईसँग ‘वान टच पास’ खेल्दै बनाएको आकर्षक मुभमा विंगर रवि पासवानले क्रस गरे ।


। त्यसमा सुजल श्रेष्ठले हेडबाट मिलाइदिएको बल नियन्त्रण गर्दै अञ्जनले गोलमा परिणत गरेर टिमको अग्रता दोब्बर बनाए । यो समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ०७:३९