इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीपले पहिलो ओभरमा १२ रन दिएर १ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा नै सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।

सन्दीपले चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका हुन् ।

मुम्बईका सूर्यकुमारले सन्दीपलाई पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा सूर्यकुमारले २ रन लिएका थिए।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा १७४ रन बनाएको थियो।

सन्दीपले यसअघि बैंगलोर र चेन्नाई विरुद्ध पिन १-१ विकेट लिएका थिए।