“तैँले बिहे गरिस् भने त गीत गाएरै पाल्चे यार कृष्ण दाईले बारम्बार यहीँ कुरा दोहोयाइरहन्थे । मलाई हाँसो लाग्थ्यो। नेपालका चर्चित गायक गायिकाहरु आफ्नो जीवन धान्न सकेर अमेरिका भासिहरहेको बेला दाईको दाबी हाँसो लाग्दो नै थियो ।

घरको अवस्था, पारिवारिक परिवेश, आफ्नो बढ्दो उमेर सबैले मलाई निरन्तर बिहेको निम्ति प्रेशर गरिरहेका थिए । घरको जेठो छोरो भएकोले केही तनाव पनि थियो । आफन्त छिमेकी सबैले बिहे गर्न बारम्बार सम्झाइरहन्थे। यस्तै परिवेश बुझेर होला सायद कृष्ण दाईले बिहेको कुरा गरिरहन्थे ।

बडिगाढ खोलाको तिरमा दिब्रुङ्ग, सालिमे जस्ता तपोभूमिले घेरिएको गाँऊ साँच्ची सुन्दर थियो ।


। कृषि क्षेत्रमा ऐतिहासिक गाउँ । साँच्ची राम्रो लाग्थ्यो । राजनीति लगायत अन्य बिबिध कारणहरुले गर्दा म त्यो गाँउमा घुम्नजाने अवसर मिल्थ्यो पनि ।

प्रकाश र म बरारुखको पोखरी निर छौँ । पसलमा आउने जाने फ्याटफुट देखिन्छन् । दुईतर्फ रिबन बाँधेकी, रातो कुतार्,जिन्सको पाईन्ट लगाएकी सानी केटीसित दुई जना केटाहरु आएका छन् । दुबैले त्यस केटीलाई यो किन्देर त्यो किन्दे भनेर सताईरहेका छन् । ऊ पनि झिँजिएकी छ । २-३ वटा मिठाई किनी र २ किलोजति चिनी किनेर त्यो केटी लागि घर तिर । सानीसानी त्यो केटिलाई प्रकाशले जिस्कायो । केटी जोडले दौडी । ठानीहोली सायद च्याप्प समाएर बिहे गर्दिहाल्छन् । २०६५ सालको समय क्रम पुनर्याद भयो ।

ती क्याम्पसका दिनहरु सम्झिन्छु , एक मनले स्वतन्त्रता प्राप्तिका निम्ति लडेका ऐतिहासिक दिनहरु सम्झन्छु । विद्यार्थी कालमा विभिन्न बहानामा जोडिन चाहने मनहरुका कथा अझै रोमाञ्चित छन् । प्रेम गर्ने, घुम्ने समयमा विभिन्न अभावका घेराहरुमा कैद भएर जिऊ पाल्ने काम लाई मात्र आदर्श ठानियो ।

कहाँ प्रेमका कुरा कहाँ लैलाम जनुका कुरा सबै अनावश्यक थिए । आज जीवन जिउन त्यति धेरै संघर्ष गर्ने अवस्था छैन । तर ती सुन्दर साथी, समय, परिवेशको अभाव छ । सायद यस्तै अभाव र प्रभाव विचको समय नै जीवन होला ।

घरमा एकाएक बिहे गर्ने कुरो चलेपछि मन तनावमा छ । कस्ती होली के गर्दै होली र मेरो मन बुझ्छे कि नाईं र जस्ता अनेकौँ प्रश्नहरुको उत्तर कल्पन्छु तर के गर्नु मेरो मनले उत्तर दिन सक्दैन । जसरी आज मेरो मनमा उसका काल्पनिक दृश्यहरु झल्किएका छन् । त्यसरी नै उसको मनमा पनि कुनै कल्पना आए होलान्त रु के गर्नु आफैले आफै लाई प्रश्न गर्छु तर पनि उत्तर खोज्न उसैको मनलाई खोज्दै जीवनका अँध्यारा मोडहरुमा भौंतारि रहेछु ।

प्रविधिको व्यापक प्रयोग हुने समय थियो । फेसबुक बाट खोजेर कृष्ण दाईले देखाए । बायाँ काँधमा कपाल झारेकी, गोरी, रातो कुर्ता लगाएकी। खै आफुले आफैलाई बिर्सिएछु । लाज लागे जस्तो भयो । हेर्नै सकिन पनि । तर जबरजस्त हेर्ने धृष्टता गरेँ । राम्रै लाग्यो ।

पहिलो प्रेम, पहिलो नजर, पहिलो सन्तान, पहिलो कमाई, पहिलो जागिर सबै स्मरणीय हुन्छ भन्ने सुनेको थिएँ । साँच्ची रहेछ । म पनि त्यसको अपवादमा रहन सकिन । कताकता त्यो दिलभित्र पसिहालिछ । प्रत्यक्ष त्यसलाई देख्न नपाईकन फोटो हेर्दै मा मनपयो । तर कृष्ण दाईलाई यो कुरा भन्ने साहस ममा रहेन ।

तस्बिरले मोहित बनाएर हो या के हो उसलाई देख्ने लालसा बढ्यो । साँझ आएर फेसबुकमा खोजें तर ऊ भेट्टिईन । भोलीपल्ट भेटिई ऊ त्यही फोटो त्यही नाममा । उसको फोटो हेरेरै दिन कट्न थाल्यो भन्दा फरक नपर्ने । तर कायर रहेछु सायद फ्रेन्ड रिक्वेस्ट पठाउने साहस मनमा आएन । उसका फोटोमा अरुले गरेका कमेन्ट पढ्ने बाहेक केही काम हुन सकेन ।

कृष्ण दाई निरन्तर प्रयासमा छन् । म पनि उ सँग नबोलेनी हेरेर चित्त बुझाएको छु । उसको सुन्दरतामा मोहित भएको छु । बाबु भाईले पिकनिकको फोटो ल्याएको छ । ऊसलाई गीतको भिडियोमा पिङ्क कलरको आउटर लगाएर मिठो गीत गाएकी थिई ।

ऊ सँग नजिकिन खोज्थें । तर नजिकिने आधार पाउन सकेको छैन । टि. एम. कलेज पढ्छे भन्ने थाहा पाएसी देख्ने लालसा बढेको भने सत्य हो । राजनीतिक कारण देखाउँदै विभिन्न बहानामा कलेज धाउन थालेको थिएँ । तर ऊ भने कहिल्यै भेटिइन ।

मनले खाएपछि अलि मन मिल्ने मान्छे भेटाएपछि उसकै बारे सोध्न मन लाग्दो रहेछ । मन ले खाको हरिलाई सोधेँ । कस्ती छ त्यो ? एकै वाक्य मा उत्तर दियो । ठिक छैन, खत्तम छे यार । त्यो भन्दा त चिम्सी ठिक छ । हरि उसका राम्रा र नराम्रा कारणहरु बारे प्रबचन दिँदै थियो । मैले झोँकमा भनेँ मुला २ ठाउँ पोइला गएनी ल्याउँछु, धेरै नबोल । मलाई हरि हेरेको हेरै भयो ।

सायद माया बस्दा बोल्नै पर्छ भन्ने नहुनी रहेछ । एकतर्फ माया भए पुग्यो । सायद भक्ति र माया पर्यायवाची हुन् । सदरमुकामको प्रतिक्षालयमा बसेको छु । त्यसैलाई प्रत्यक्ष हेर्न भनेर ।

फोटो हेरेर हुन्न है केटी आफ्नै आँखाले हेर्न पर्छ । माईजु र म कुरागर्दै हिँडेका छौँ । हुग्दी खोलाको पुलमा पुगेर हेर्छु । पारी पट्टिको सेतो बिल्डिङ्ग, जहाँ दिलकुमारी ले पढ्दै छिन् । भुँईमा आँखा पर्छन् । हेर्छु उद्घाटन नहुँदै भत्केको पुल देख्दा देशको अवस्था देखेर पछुतो लाग्छ । कतै मेरो यै पुलको जस्तै हालत हुने हो कि।

ज्ञवाली होटलमा चिया खाएर बसेको म घरिघरि क्याम्पस तिर नजर डुलाउँछु हेर्छु ११ बजेतिर दुइटी सँगै झरे । कालो ड्रेसवाली चाँही मस्कीदै थिई । अर्की अल्लि सानै उमेरकी झैँ लाग्थ्यो । लुकेर हेर्न गाको मान्छे मन चञ्चल भयो । बोलौँबोलौँ लाग्यो ।तर बोल्ने सामर्थ भने ममा रहेन।

ज्ञवाली होटलको बाहिर डिलमा बस्दै चिया पिउँदै गर्दा नजिकै आएपछि एक्कासी बतासिए । जसरी वनमा शिकारी देखेपछि मृग बतासिन्छ । पुल नकटुञ्जेल हेरिरहेँ । देखिन छोडेसी हातको चिया मा हेर्दा झिँगा फटफटाउँदै थियो । उद्धार गरिदिएँ ।

नराम्रो लाई नराम्रो भन्नु अपराध होईन । यो त ऋत परम्परा हो । आशाका किरणहरु अस्ताए पछि कोठामा रहेको ऐना टल्कियो । झलक्क ऐना हेर्दा जँड्याहा, हावा, गरिब, ट्यापे लगायतका अनेकौँ स्वरुपले गिज्जाएझैँ लाग्यो । तर ऊ आज सम्म पनि मेरी हुन सकिन खै कसकी भएकी हो पोहोर साल गाउँ तिर जादाँ बच्चा काखमा समातेर हिडेकी थिई । सम्झना आईरहन्छ पहिलो माया भनेको पहिलो माया नै रहेछ जो जीबन भर नमेटिने हुँदो रहेछ ।