काठमाडौंः युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।

बुधबार राति भएको पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब पोर्टोसँग २–१ ले पराजित भएको हो ।

पोर्टोका लागि मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे । यस्तै, युभेन्ट्सका लागि फेड्रिको चिसाले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै घरेलु टोली पोर्टोलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मौसाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनाए । त्यसपछि ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल गर्दै खेलमा फर्कने सम्भावना बनाए । तर बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि पोर्टो २–१ ले विजयी भयो ।


अब दोस्रो लेग युभेन्ट्सको घरेलु मैदानमा मार्च ९ मा हुनेछ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, ०८:५९