पाँचथरः हिलीहाङ गाउँपालिका–४ सालिङगेमा मंगलबार राति टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलीहाङ गाउँपालिका–१ का २३ वर्षीय भिम तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, रसुवा कन्ट्रक्सन प्राइभेट लिमिटेडको बा २ क २९२० नम्बरको टिपर नियन्त्रण गुमाएर पल्टिँदा उनीहरुको घटनास्थल मै मृत्यु भएको हो ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०९:२४