काठमाडौँ: । स्पेनिस ला लिगामा यो सिजन ३४ गोल गर्दै लियोनल मेसीले पाँचौ पटक ‘युरोपियन गोल्डेन सुज’ जित्ने पक्का भएका हुन्। यस उपाधि संगै मेसीले नयाँ कीर्तिमान बनाएका छन् । पाँच पटक गोल्डेन सुज जित्ने मेसी एक्ला खेलाडी हुन् । मेसीले इंग्लिस पि्रमियर लिगमा ३२ गोल गर्ने लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै गोल्डेन सुज पक्का गरेका हुन् ।

मेसीले यसअघि सन् २००९-१०, २०११-१२, २०१२-१३ र २०१६-१७ को सिजन पनि गोल्डेन सुज जितेका थिए ।

गोल्डेन सुज अवार्ड युरोपियन देशका प्रमुख लिगमा खेलाडीले गरेका गोलका आधारमा मात्र नभएर उनीहरुलाई दिइने नम्बरलाई पनि आधार मानिन्छ । १९६७/६८ को सिजन फ्रेन्च फुटबल पत्रिका ‘एल इक्विप’ ले दिन थालेको यो अवार्ड सन् १९९६/९७ को सिजनदेखि युरोपियन स्पोर्टस् मिडियाले प्रदान गर्दै आएको हो ।