रुकुम पश्चिमः प्रहरीले करिब पाँच किलो अफिमसहित एक युवकलाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका–५ गोलचौरका ३२ वर्षीय रन्जित खत्री रहेको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा प्रहरीले खत्रीलाई चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरुसहित नदुवाबाट पक्राउ गरेको हो ।

भाग्न खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ११:४५