काठमाडौंः ५ जना नेताहरूले धारणा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेपछि बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

बैठक भोलि बिहान ११ बजे फेरि बालुवाटारमा बस्नेछ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १४:१५