काठमाडौंः पाँच दिने भ्रमणका लागि उर्जा मन्त्री वर्षमान पुन युएई प्रस्थान गरेका छन् ।

उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

विश्वका १२० देशका प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलन शुक्रबारदेखि सुरु भई चार दिनसम्म चल्ने छ ।

सम्मेलनमा नविकरणीय उर्जा र त्यसको सम्भाव्यता तथा लगानीका सम्बन्धमा छलफल हुनेछ ।

पाँच सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर गएका मन्त्री पुनले आगामी शनिबार र आइतबार सम्मेलनका दुई शत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै युएई बसाईको क्रममा मन्त्री पुनले युएई र भुटानका समकक्षीसँग भेट गर्ने जनाइएको छ ।


। भेटमा उर्जा व्यापार तथा जलस्रोत सम्बन्धी विषयमा छलफल हुनेछ ।

मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ ।


प्रकाशित मितिः बिहीबार, पुस २४, १२:०१