काठमाडौंः पाँच राष्ट्रबीचको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानलाई जितका लागि ६४ रनको लक्ष्य दिएको छ ।

नेपालले घरेलु टोली ओमानलाई जितका लागि ६५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ओभरमा मात्र ६४ रनमा अलआउट भयो ।

ओमानविरुद्वको टी–ट्वान्टी सिरिजमा नेपालले निकै खराब ब्याटिङ प्रर्दशन गरेको छ ।

नेपालका लागि आरिफ शेखले २०, दिपेन्द्र सिंह ऐरीले ११, सोमपाल कामीले ८, करण केसीले ८, पारस खड्काले ५, बिनोद भण्डारीले ४, सन्दीप लामिछाने २, अभिनाष बोहराले २ र ईशान पाण्डेले २ रन बनाए ।


ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिए ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १७:०३