काठमाडौंः पाँच राष्ट्रबीचको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज बिहिबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

तीन खेलमा दुई खेल जितेको नेपालले ओमानसँग नेपाली समय अनुसार दिउँसो सवा ३ बजे ओमानको अल अम्रेट क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग पराजित भएको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ भने तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ ।


ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो ।

६ अंकसहित ओमान शीर्षस्थानमा छ । ६ अंक नै भएपनि रनरेटमा आयरल्यान्ड दोस्रो र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र हङकङ अंक बिहिन छ ।


प्रकाशित मितिः बिहिबार, असोज २३, १३:१८