काठमाडौँ: सरकारले ल्याएको २०७५/७६ को नीति तथा कार्यक्रम प्रति पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अविश्वास व्यक्त गर्नु भएको छ। भट्टराईले आफ्नो ट्विटरमा ट्विट गर्दै सरकारको नीति तथा कार्यक्रम प्रति अविस्वास व्यक्त गर्नु भएको हो।
‘पाँच वर्षमा प्रतिव्यक्ति आयलाई डबल गर्ने तर दुई अंकको आर्थिक बृद्धिदर पाँच वर्षपछि मात्र प्राप्त गर्ने भनेपछि चार वर्षसम्म त दुई अंकको आर्थिक वृद्धि हुँदैन। दुई अंकको आर्थिक बृद्धिदर हासिल नभइ प्रतिव्यक्ति आय त डबल हुँदैन,’ भट्टराईले भन्नु भयो।
यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा पनि आउनुपर्ने टिप्पणी भट्टराईले गर्नु भयो।
। उनले संघीयता कार्यन्वयनका पक्षमा अहिले पनि असन्तुष्टी रहेकाले संविधान संशोधन मार्फत् विभिन्न कुरा समेटिनुपर्ने प्रतिक्रिया दिनु भयो।
‘संघीयतामा जति जोड दिइनुपर्थ्यो त्यति आएन। स्थानीय निकाय र प्रदेशलाई सबल बनाउनेमा जोड पुग्नुपर्ने थियो तर पुगेन,’ भट्टराईले भने, ‘नीतिगत कुरा गर्ने हो भने, नेपालमा संविधान संशोधन गरेर संघीयतालाई पूर्णता दिने भन्ने विषय अपुरो नै रह्यो।’
‘पहिलो नीति तथा कार्यक्रम हुँदा संविधान संशोधन गरेर कतिपय विषयलाई सम्बोधन गरिने कुरा पनि आउनुपर्ने थियो। त्यो चाहिँ छुटेको हो, या जानी जानी छुटाइएको हो भन्ने लाग्छ,’ भट्टराईले प्रतिक्रिया दिनुभयो।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook