काठमाडौं: नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुट्टीएका पुराना कलाकारले नयाँ हाँस्य श्रृंखला ल्याउने भएका छन्।

बुधबार कुमार कट्टेल ‘जिग्री’ले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै हाँस्य टेलिश्रृंखलाको नाम ‘सक्किगोनी’ आउन लागेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘आफुले जन्माएको हुर्काएको एउटा सिर्जना ईतिहास बन्दै गर्दा आफु भित्रको नसकिएको कलाकारिता को अर्को सिर्जना ‘सक्किगोनी’ जन्मिएको छ !’

उनले अगाडि लेखेका छन्, ‘कलाकारिताको यात्रामा माया गरेर हौसला, सल्लाह, सुझाव दिनु हुने आदरणिय सोम धिताल सर, सुवाश कार्की (बेलासे) सर, शंकर आचार्य (बरिष्ठे) दाई , अग्रज कलाकारहरु, सहकर्मी साथीहरु, प्राबिधिक साथिहरु, नेपाल टेलिभिजन परिवार, विज्ञापनदाताहरु, सम्पूर्ण मिडिया तथा सन्चारकर्मी साथिहरु, मिडिया हब प्रालि, देश बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु र मैले सम्मान गर्नुपर्ने सम्पूर्ण व्यक्त्तित्वहरु सम्मान र नमन व्यक्त गर्दछु ।


।’

नयाँ टेलिश्रृंखलामा कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, गोविन्द कोइराला ‘जइन्ते’, हरि निरौला ‘कक्रोज’, रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहनेछ। ‘सक्किगोनी’ यहि असोज २ गतेदेखि नेपाल टेलिभिजन र युट्युवमा प्रसारण हुने भएको छ।